ताजा अपडेट

स्पेनमा घर बाहिर निस्किँदा मास्क लगाउनु नपर्ने बार्सिलोना।

स्पेनमा घर बाहिर निस्किँदा मास्क लगाउनु नपर्ने बार्सिलोना।

News Summary

Summery by BTM Ai
  • स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले जुन २६ देखि घरबाटबाहिर निस्किँदा अनिवार्यरूपमा मास्क लगाउनु नपर्ने बताएका छन्।
  • प्रधानमन्त्री सान्चेजले शुक्रबार बार्सिलोनामा इकोनोमिक फोरमले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै बहुप्रतीक्षित घोषणा गरेका हुन्।
  • त्यसको दुईहप्ता पछि स्पेनिस सरकारले घरबाटबाहिर निस्किँदा खुल्ला ठाउँमा पनि अनिवार्य रूपमा मास्क लगाउनु पर्ने नियम देशभर लागु गरेको थियो।
  • तर सार्वजनिक यातायातका सबै यात्रुहरूको लागि अझै पनि मास्क अनिवार्य गर्नुपर्ने देखिएको छ।

बार्सिलोना। स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले जुन २६ देखि घरबाटबाहिर निस्किँदा अनिवार्यरूपमा मास्क लगाउनु नपर्ने बताएका छन्।

प्रधानमन्त्री सान्चेजले शुक्रबार बार्सिलोनामा इकोनोमिक फोरमले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै बहुप्रतीक्षित घोषणा गरेका हुन्।

स्पेनमा घर बाहिर निस्किँदा मास्क लगाउनु नपर्ने बार्सिलोना।
स्पेनमा घर बाहिर निस्किँदा मास्क लगाउनु नपर्ने बार्सिलोना।
स्पेनमा घर बाहिर निस्किँदा मास्क लगाउनु नपर्ने बार्सिलोना।

”४ करोड ७० लाख स्पेनी देशभक्तहरू माझ एउटा महत्त्वपूर्ण घोषणा गर्न चाहन्छु,’ समाजवादी नेता सान्चेजले भने,”अर्को बिहीबार हामी एउटा असाधारण मन्त्रिपरिषद्को बैठक आयोजना गर्छौं र बैठकमा जुन २६ देखि घरबाटबाहिर खुल्ला ठाउँमा अनिवार्य मास्क लगाउनु पर्ने नियमलाई हटाउने प्रस्ताव ल्याउँदैछौं।”

सरकारको यो निर्णयसँगै सामाजिक दूरी कायम गर्न सकिने खुल्ला ठाउँहरुमा पनि मास्क अनिवार्य लगाउनुपर्ने झन्झट आउँदो सातादेखि हट्ने भएको छ। तर सार्वजनिक यातायातका सबै यात्रुहरूको लागि अझै पनि मास्क अनिवार्य गर्नुपर्ने देखिएको छ। यद्यपि नयाँ नियमबारेको विवरण केही दिनभित्र सार्वजनिक हुँदैछ।

गत वर्ष मे ४ देखि सबैभन्दा पहिले क्याटालोनिया क्षेत्रमा सार्वजनिक यातायातका सबै यात्रुहरूको लागि मास्क अनिवार्य गरिएको थियो। त्यसको दुईहप्ता पछि स्पेनिस सरकारले घरबाटबाहिर निस्किँदा खुल्ला ठाउँमा पनि अनिवार्य रूपमा मास्क लगाउनु पर्ने नियम देशभर लागु गरेको थियो।

स्पेनमा अहिले ४० देखि ५० वर्ष उमेर समूहले कोरोनाविरुद्वको खोप लगाउनेक्रम जारी रहेको छ। आउँदो महिनादेखि ३० देखि ४० बर्ष उमेर समूहले खोप लगाउने अपेक्षा गरिएको छ।

कोराना महामारीको चरम संकटमा फसेर दुईपटकसम्म संकटकाल घोषणा गर्न बाध्य बनेको स्पेन अहिले भने सामान्य अवस्थातर्फ फर्कदै गरेको संकेत देखाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Be the first to share your thoughts!

We appreciate respectful, insightful perspectives from our readers.

Leave a Reply

Guidelines: Keep your comment respectful, relevant, and constructive. All fields marked with * are required.

छुटाउनुभयो कि ?