ताजा अपडेट

२२ वर्षपछि तीज गीतमार्फत गायिका संगीता भण्डारीको पुनरागमन

२२ वर्षपछि तीज गीतमार्फत गायिका संगीता भण्डारीको पुनरागमन

News Summary

Summery by BTM Ai
  • गीत डश म्युजिक नेपालको आधिकारिक युट्युब च्यानल ‘Dush Music’मार्फत सार्वजनिक गरिएको छ।
  • लोकप्रिय गीतकार डीपी खनालको शब्द, चर्चित संगीतकार शंकर थापा ‘स्माइल’को संगीत तथा विषम आचार्यको एरेन्जमा तयार भएको मौलिक तीज गीत ‘रानीहार’ शुक्रबार एक कार्यक्रमबीच…
  • यसै क्रममा गायिका संगीता भण्डारी २२ वर्षपछि तीज गीतमार्फत नेपाली सांगीतिक क्षेत्रमा पुनः फर्किएकी छन्।
  • गीतले सुनका गरगहना नभए पनि खुसी, उमंग र आत्मीयताका साथ तीज मनाउन सकिने सकारात्मक सन्देश दिएको छ।

काठमाडौं । हिन्दू नारीहरूको महान् पर्व हरितालिका तीज नजिकिँदै गर्दा नेपाली सांगीतिक बजारमा तीज गीतको रौनक बढेको छ। यसै क्रममा गायिका संगीता भण्डारी २२ वर्षपछि तीज गीतमार्फत नेपाली सांगीतिक क्षेत्रमा पुनः फर्किएकी छन्।

लोकप्रिय गीतकार डीपी खनालको शब्द, चर्चित संगीतकार शंकर थापा ‘स्माइल’को संगीत तथा विषम आचार्यको एरेन्जमा तयार भएको मौलिक तीज गीत ‘रानीहार’ शुक्रबार एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो।

२२ वर्षपछि तीज गीतमार्फत गायिका संगीता भण्डारीको पुनरागमन
२२ वर्षपछि तीज गीतमार्फत गायिका संगीता भण्डारीको पुनरागमन
२२ वर्षपछि तीज गीतमार्फत गायिका संगीता भण्डारीको पुनरागमन

गीतले सुनका गरगहना नभए पनि खुसी, उमंग र आत्मीयताका साथ तीज मनाउन सकिने सकारात्मक सन्देश दिएको छ। गीतको भिडियोमा यशु भट्टराई, मिलसा वाग्ले र गायिका भण्डारीको अभिनय तथा नृत्य रहेको छ।

विशाल थापाको छायांकन र दीपक बिष्टको सम्पादन रहेको भिडियोको निर्देशन तथा कोरियोग्राफी केशव राज भट्टले गरेका हुन्। गीत डश म्युजिक नेपालको आधिकारिक युट्युब च्यानल ‘Dush Music’मार्फत सार्वजनिक गरिएको छ।

गायिका भण्डारीले इच्छा, आत्मविश्वास र प्रतिभा प्रस्तुत गर्न उमेर बाधक नहुने सन्देशसहित आफू पुनः गायनमा फर्किएको बताइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Be the first to share your thoughts!

We appreciate respectful, insightful perspectives from our readers.

Leave a Reply

Guidelines: Keep your comment respectful, relevant, and constructive. All fields marked with * are required.

छुटाउनुभयो कि ?