कैलालीको टीकापुरबाट एक महिला आफ्ना दुई छोरीसहित सम्पर्कविहीन भएकी छन्।
साउन १९ गते बिहानदेखि टीकापुर–मनुवा रोडबाट २९ वर्षीया नरिना श्रेष्ठ आफ्ना दुई छोरी मिर्जा तथा मिक्की सहित (जुम्ल्याहा)सम्पर्कविहीन भएको परिवारले जनाएको हो।
परिवारका अनुसार नरिनाको मोबाइल नम्बरमा सम्पर्क गर्दा फोन रिसिभ भएको छैन। उनका श्रीमान् खकेन्द्र घर्ती मगर कामको सिलसिलामा भारतमा रहेका थिए ।
घटनापछि परिवारले टीकापुर इलाका प्रहरी कार्यालयमा खोजतलासका लागि निवेदन दिएको जनाएको छ। तर, समाचार तयार पार्दासम्म आमा र छोरीहरूको अवस्था पत्ता लाग्न सकेको छैन।
उनीहरूबारे कुनै जानकारी प्राप्त भएमा ९७४७३०१८६२ नम्बरमा सम्पर्क गरिदिन परिवारले आग्रह गरेको छ।





Be the first to share your thoughts!
We appreciate respectful, insightful perspectives from our readers.