ताजा अपडेट

निमासाद्वारा चुलिमालिकालाई फुटबल ड्रेस हस्तान्तरण

निमासाद्वारा चुलिमालिकालाई फुटबल ड्रेस हस्तान्तरण

News Summary

Summery by BTM Ai
  • शनिबार क्लबको प्राङ्गणमा आयोजित कार्यक्रममा निमासा कन्सल्टेन्सीले क्लबलाई १८ जोर फुटबल ड्रेस हस्तान्तरण गरेको हो ।
  • कैलालीको लम्कीचुहा नगरपालिका–२ बघनियाँमा रहेको चुलिमालिका साहित्यिक युवा क्लबलाई निमासा कन्सल्टेन्सी काठमाडौंले फुटबल खेलाडीका लागि ड्रेस हस्तान्तरण गरेको छ ।
  • क्लबका सचिव वेदप्रकाश ओलीले खेलाडीलाई आवश्यक खेल सामग्रीको अभाव भइरहेका बेला निमासा कन्सल्टेन्सीले गरेको सहयोगले क्लबलाई थप उत्साहित बनाएको बताए ।
  • उनले सहयोगले खेलाडीलाई प्रतियोगितामा सहभागी हुन सहज हुनुका साथै क्लबको गतिविधिलाई निरन्तरता दिन पनि प्रेरणा मिलेको बताए ।

लम्की । कैलालीको लम्कीचुहा नगरपालिका–२ बघनियाँमा रहेको चुलिमालिका साहित्यिक युवा क्लबलाई निमासा कन्सल्टेन्सी काठमाडौंले फुटबल खेलाडीका लागि ड्रेस हस्तान्तरण गरेको छ ।
शनिबार क्लबको प्राङ्गणमा आयोजित कार्यक्रममा निमासा कन्सल्टेन्सीले क्लबलाई १८ जोर फुटबल ड्रेस हस्तान्तरण गरेको हो । खेलकुदको क्षेत्रमा युवाको सहभागिता बढाउँदै स्थानीयस्तरबाट प्रतिभा पहिचान र विकास गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले ड्रेस सहयोग गरिएको निमासा कन्सल्टेन्सीले जनाएको छ ।
ड्रेस हस्तान्तरण कार्यक्रममा लम्कीचुहा नगरपालिका–२ का वडा अध्यक्ष सन्तोषकुमार ओली, क्लबका सचिव तथा पत्रकार वेद प्रकाश ओली, कोषाध्यक्ष जानकी रावल बटाला, खेल संयोजक लोकेश सञ्ज्याल, क्लबका क्याप्टेन गोविन्द बजगाईंलगायत खेलाडीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा वडा अध्यक्ष ओलीले खेलाडीलाई आवश्यक सामग्री उपलब्ध हुँदा उनीहरूको मनोबल बढ्ने बताए । उनले स्थानीय युवालाई खेलकुदमा सक्रिय बनाउन क्लबले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै प्राप्त सहयोगको सही सदुपयोग गर्दै प्रतियोगितामा राम्रो प्रदर्शन गर्न खेलाडीलाई शुभकामना दिए ।
‘खेलकुद युवाको अनुशासन, स्वास्थ्य र व्यक्तित्व विकाससँग जोडिएको विषय हो । स्थानीयस्तरमा खेलाडी उत्पादन गर्न क्लबले गर्दै आएको प्रयास सकारात्मक छ । प्राप्त ड्रेसको सदुपयोग गर्दै आगामी प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याउन खेलाडी सफल होऊन्,’ अध्यक्ष ओलीले भने ।
क्लबका सचिव वेदप्रकाश ओलीले खेलाडीलाई आवश्यक खेल सामग्रीको अभाव भइरहेका बेला निमासा कन्सल्टेन्सीले गरेको सहयोगले क्लबलाई थप उत्साहित बनाएको बताए । उनले सहयोगले खेलाडीलाई प्रतियोगितामा सहभागी हुन सहज हुनुका साथै क्लबको गतिविधिलाई निरन्तरता दिन पनि प्रेरणा मिलेको बताए ।

क्लबका खेल संयोजक लोकेश सञ्ज्यालले खेलाडीको नियमित अभ्यास र प्रतियोगितामा सहभागिता बढाउन यस्ता सहयोग आवश्यक रहेको बताए । क्लबका क्याप्टेन गोविन्द बजगाईंले प्राप्त ड्रेसले खेलाडीमा उत्साह थपिएको उल्लेख गर्दै मैदानमा मेहनत गरेर सहयोगको सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
क्लबले साहित्यिक तथा सामाजिक गतिविधिसँगै युवालाई खेलकुदमा जोड्ने उद्देश्यले विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ ।

निमासाद्वारा चुलिमालिकालाई फुटबल ड्रेस हस्तान्तरण
निमासाद्वारा चुलिमालिकालाई फुटबल ड्रेस हस्तान्तरण
निमासाद्वारा चुलिमालिकालाई फुटबल ड्रेस हस्तान्तरण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Be the first to share your thoughts!

We appreciate respectful, insightful perspectives from our readers.

Leave a Reply

Guidelines: Keep your comment respectful, relevant, and constructive. All fields marked with * are required.

छुटाउनुभयो कि ?