ताजा अपडेट

अफिस-घर आउजाउ गर्दा हरेक दिन हवाईजहाज चढ्छिन् यी महिला

News Summary

Summery by BTM Ai
  • द इण्डियन एक्सप्रेसले लेखेको छ, ‘उनी बिहानै चार बजे उठ्छिन् र साढे ६ बजे हवाईजहाज उड्ने तालिका भएकाले ५ बजे नै आफैं गाडी चलाएर…
  • मलेसियामा बस्दै आएकी भारतीय मूलकी एक महिला हरेक दिन अफिस–घर आउजाउ गर्दा हवाईजहाज चढ्ने गरेकी छन् ।
  • द इण्डियन एक्सप्रेसले लेखेको एक समाचार अनुसार रेचेल कौर मलेसियाको पेनाङ्ग शहरमा आफ्ना परिवारका सदस्यहरुसँग बस्छिन् ।
  • टाढा भए बस, कार, जिप, मोटरसाइकल, स्कुटर वा साइकल चढ्नुहुन्छ होला ।

काठमाडौं । अफिस आउ–जाउ गर्दा तपाईं के चढेर जानु हुन्छ ? टाढा भए बस, कार, जिप, मोटरसाइकल, स्कुटर वा साइकल चढ्नुहुन्छ होला । नजिकै भए पैदल हिँडेरै आउ-जाउ गर्नुहुन्छ होला ।

तर, कुनै व्यक्ति हरेक दिन अफिस–घर आउ–जाउ गर्दा हवाईजहाज चढ्ने गरेको थाहा पाउनु भएको छ ? यो पढिरहँदा वा सुनिरहँदा तपाईंलाई अचम्म लाग्यो होला तर अचम्म मान्नु पर्दैन । यो साँचो कुरा हो ।

अफिस-घर आउजाउ गर्दा हरेक दिन हवाईजहाज चढ्छिन् यी महिला
अफिस-घर आउजाउ गर्दा हरेक दिन हवाईजहाज चढ्छिन् यी महिला
अफिस-घर आउजाउ गर्दा हरेक दिन हवाईजहाज चढ्छिन् यी महिला

मलेसियामा बस्दै आएकी भारतीय मूलकी एक महिला हरेक दिन अफिस–घर आउजाउ गर्दा हवाईजहाज चढ्ने गरेकी छन् । ती महिलाको नाम रेचेल कौर हो । उनलाई अफिस–घर आउ–जाउ गर्दा हरेक दिन करिब चार सय किलोमिटर लामो यात्रा गर्नुपर्छ । त्यसैले उनी हवाईजहाज प्रयोग गर्छिन् ।

द इण्डियन एक्सप्रेसले लेखेको एक समाचार अनुसार रेचेल कौर मलेसियाको पेनाङ्ग शहरमा आफ्ना परिवारका सदस्यहरुसँग बस्छिन् । उनको अफिस भने क्वालालम्पुरमा छ । उनी एयर एसियाको लेखा शाखामा एसिस्टेन्ट म्यानजेरको रुपमा काम गर्छिन् । त्यसैले उनी हरेक दिन पेनाङ्गबाट क्वालालम्पुर आउ–जाउ गर्नुपर्छ ।

द इण्डियन एक्सप्रेसले लेखेको छ, ‘उनी बिहानै चार बजे उठ्छिन् र साढे ६ बजे हवाईजहाज उड्ने तालिका भएकाले ५ बजे नै आफैं गाडी चलाएर घरबाट एयरपोर्ट प्रस्थान गर्छिन् । पेनाङबाट क्वालाम्पुरसम्म पुग्न करिब ३०–४० मिनेट लाग्छ । उनी ७ बजेर ४५ मिनेटमा अफिस पुगिसक्छिन् । दिनभर काम गरेर साँझ करिब ७ः३० बजे घर फर्किन्छिन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Be the first to share your thoughts!

We appreciate respectful, insightful perspectives from our readers.

Leave a Reply

Guidelines: Keep your comment respectful, relevant, and constructive. All fields marked with * are required.

छुटाउनुभयो कि ?