ताजा अपडेट

पहिलो पटक ८ नेपाली युवा नर्वे सेनामा भर्ती

पहिलो पटक ८ नेपाली युवा नर्वे सेनामा भर्ती

News Summary

Summery by BTM Ai
  • भर्ती हुनका लागि अन्तर्वार्ता, शारिरिक व्यायामलगाएतका विभिन्न टेस्टहरु पास गर्नुपर्ने हुन्छ ।
  • नर्वे सरकारले विश्वभरका ११७ देशका नागरिकले प्रतिस्पर्धा गर्न पाउने गरी सेनामा भर्ती खुलाएको थियो ।
  • जसमा ८ जना नेपाली युवा भर्ती हुन सफल भएका छन् ।
  • नर्वे सेनामा भर्ति हुन सफल किरणले सो ठाउँमा पुग्न पाउँदा आफूले निकै गर्वको महसुस गरेको जनाएका छन् ।

नर्वे सेनामा पहिलो पटक ८ जना नेपाली युवा भर्ती भएका छन् । नर्वे सरकारले विश्वभरका ११७ देशका नागरिकले प्रतिस्पर्धा गर्न पाउने गरी सेनामा भर्ती खुलाएको थियो ।

जसमा ८ जना नेपाली युवा भर्ती हुन सफल भएका छन् । उक्त कोटाका अनुसार भर्ती भएका सैनिकले पाँच वर्षका लागि कन्ट्रयाक्ट साईन गरेका हुन्छन् ।

पहिलो पटक ८ नेपाली युवा नर्वे सेनामा भर्ती
पहिलो पटक ८ नेपाली युवा नर्वे सेनामा भर्ती
पहिलो पटक ८ नेपाली युवा नर्वे सेनामा भर्ती

सो अवधि सकिएसँगै उनीहरु घर फर्किन पनि पाउँछन् भने थप कन्ट्रयाक्ट लिन पनि सक्छन् । तर, यस भर्तीमा भने पेन्सनको व्यवस्था हुँदैन । भर्ती हुनका लागि अन्तर्वार्ता, शारिरिक व्यायामलगाएतका विभिन्न टेस्टहरु पास गर्नुपर्ने हुन्छ ।

भर्ती भएका आठ जनामध्ये रोल्पाका किरण राना मगर पनि रहेका छन् । एक सामान्य परिवारमा हुर्किएका किरण रोल्पाबाट नर्वे सेनामा भर्ती हुने पहिला व्यक्ति समेत हुन् ।

नर्वे सेनामा भर्ति हुन सफल किरणले सो ठाउँमा पुग्न पाउँदा आफूले निकै गर्वको महसुस गरेको जनाएका छन् । ‘मेहनतका साथ यस ठाउँसम्म पुग्न पाउँदा निकै गर्वको महसुस भएको छ’ उनले भने ,‘नेपालीले विश्वको जुनसुकै कुनामा भए पनि आफ्नो मेहनत र परिश्रमले केही गर्छ है भन्ने लाग्छ ।

नर्वे सेनामा भर्ती हुनु म लगाएत मेरो परिवार र देशका लागि समेत गर्वको विषय हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Be the first to share your thoughts!

We appreciate respectful, insightful perspectives from our readers.

Leave a Reply

Guidelines: Keep your comment respectful, relevant, and constructive. All fields marked with * are required.

छुटाउनुभयो कि ?