कैलाली। कैलाली जिल्लाको गौरीगंगा नगरपालिका–७, कैलाशपुर निवासी १७ वर्षीय मोहन ठकुरी भारतको पुणेबाट करिब एक महिनादेखि सम्पर्कविहीन भएका छन्।
परिवारका अनुसार रोजगारीको सिलसिलामा भारतमा रहेका मोहन ठकुरीसँग करिब एक महिनादेखि कुनै सम्पर्क हुन सकेको छैन। परिवारले आफन्त, साथीभाइ तथा सम्भावित स्थानहरूमा खोजी गर्दा पनि हालसम्म उहाँको अवस्था खुल्न सकेको छैन।
मोहन ठकुरीलाई कसैले कतै देख्नुभएको, भेट्नुभएको वा उहाँको अवस्थाबारे कुनै जानकारी प्राप्त भएको भए नजिकको प्रहरी कार्यालय वा परिवारलाई तत्काल जानकारी गराइदिन परिवारले सबैमा हार्दिक अनुरोध गरेको छ।
सम्पर्क :- 9702855893 नन्दिकला ठकुरी





Be the first to share your thoughts!
We appreciate respectful, insightful perspectives from our readers.