ताजा अपडेट

टिकटकको मातृ कम्पनी बाइटडान्सको नाफा दोब्बरले बढ्यो

टिकटकको मातृ कम्पनी बाइटडान्सको नाफा दोब्बरले बढ्यो

News Summary

Summery by BTM Ai
  • सन् २०१९ को तुलनामा सन् २०२० मा बाइटडान्सको कूल मुनाफा ९३ प्रतिशतले बढेर १९ अर्ब डलर पुगेको छ ।
  • बाइटडान्सको आम्दानीमा भएको यो अतिउच्च वृद्धिदरले टिकटकको बढ्दो विश्वव्यापी लोकपि्रयतालाई इंगित गर्ने बीबीसीले उल्लेख गरेको छ ।
  • कूल मुनाफा शतप्रतिशतले वृद्धि गर्न सफल भएको बाइटडान्सले गत वर्ष कूल मुनाफामा पनि उल्लेख्य बढोत्तरी गरेको छ ।
  • पछिल्लो समयमा टिकटकको अत्यधिक लोकपि्रयतासँगै अमेरिका तथा स्वयम चीनलगायतका देशहरुमा बाइटडान्स कम्पनीमाथि नियन्त्रण तथा निगरानी बढिरहेको छ ।

लोकप्रिय भिडियो एप टिकटकको मातृ कम्पनी बाइट डान्सले गत वर्ष सन् २०२० मा आफ्नो आम्दानी दोब्बर बनाउन सफल भएको छ ।

चिनियाँ कम्पनी बाइटडान्सले आफ्ना कर्मचारीहरुका लागि जारी गरेको एक आन्तरिक सञ्चारपत्र अनुसार सन् २०२० मा कम्पनीले कूल ३४ अर्ब ३० करोड डलर आम्दानी गरेको छ । यो आम्दानी सन् २०१९ को भन्दा १ सय ११ प्रतिशतले बढी हो ।

टिकटकको मातृ कम्पनी बाइटडान्सको नाफा दोब्बरले बढ्यो
टिकटकको मातृ कम्पनी बाइटडान्सको नाफा दोब्बरले बढ्यो
टिकटकको मातृ कम्पनी बाइटडान्सको नाफा दोब्बरले बढ्यो

बाइटडान्सको आम्दानीमा भएको यो अतिउच्च वृद्धिदरले टिकटकको बढ्दो विश्वव्यापी लोकपि्रयतालाई इंगित गर्ने बीबीसीले उल्लेख गरेको छ ।

चीनमा सरकारद्वारा ठूला प्रविधि कम्पनीहरुमाथिको नियन्त्रण तथा दबाबमा वृद्धि भैरहेको बेला बाइटडान्सको आम्दानीमा उल्लेख्य वृद्धि गर्न सफल भएको हो ।

कूल मुनाफा शतप्रतिशतले वृद्धि गर्न सफल भएको बाइटडान्सले गत वर्ष कूल मुनाफामा पनि उल्लेख्य बढोत्तरी गरेको छ । सन् २०१९ को तुलनामा सन् २०२० मा बाइटडान्सको कूल मुनाफा ९३ प्रतिशतले बढेर १९ अर्ब डलर पुगेको छ ।

कम्पनीले जारी गरेको आन्तरिक पत्र अनुसार गत डिसेम्बर सम्ममा बाइटडान्सका सबै प्लाटर्फममा गरी मासिक सक्रिय प्रयोगकर्ताको संख्या १ अर्ब ९० करोड छ ।

पछिल्लो समयमा टिकटकको अत्यधिक लोकपि्रयतासँगै अमेरिका तथा स्वयम चीनलगायतका देशहरुमा बाइटडान्स कम्पनीमाथि नियन्त्रण तथा निगरानी बढिरहेको छ ।

भारतले त टिकटकलगायतका चिनिया एपहरुमाथि प्रतिबन्ध नै लगाइसकेको छ ।

उता अमेरिकामा टिकटकलगायतका चिनिया एपहरुमाथि प्रतिबन्ध लगाउने पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशलाई वर्तमान राष्ट्रपति जो बाइडेनले खारेज गरेका छन् । तर बाइडेनले हालै एक नयाँ कार्यकारी आदेश गरेका छन् जस अनुसार चिनियाँ एपहरुले प्रयोगकर्ताका डाटा सुरक्षाको लागि गहन उपायहरु अबलम्बन गरेमा मात्रै अमेरिकी बजारमा रहन पाउनेछन् ।

बीबीसीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Be the first to share your thoughts!

We appreciate respectful, insightful perspectives from our readers.

Leave a Reply

Guidelines: Keep your comment respectful, relevant, and constructive. All fields marked with * are required.

छुटाउनुभयो कि ?