लम्की । कोहलपुरस्थित थापा मेडिकल घटनासँग सम्बन्धित भिडियो अनुमतिबिना खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा फेसबुक पेज ‘सहारा टिभी एचडी’ तथा ‘सहारा टिभी खबर’ का सञ्चालक हिमान्सु शाही पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय कोहलपुरले विद्युतीय अपराधसम्बन्धी कसुरमा मंगलबार बिहान शाहीलाई नियन्त्रणमा लिएको हो।
अनुमतिबिना भिडियो खिचेर व्यक्तिगत गोपनीयता हनन गरेको भन्दै परेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
शाहीविरुद्ध अनुसन्धान अघि बढाउन म्याद थपका लागि मंगलबार जिल्ला अदालत बाँकेमा पेश गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ।





Be the first to share your thoughts!
We appreciate respectful, insightful perspectives from our readers.