ताजा अपडेट

नगर उद्यान मोहनलाल सामुदायिक वनको वार्षिक साधारण सभा सम्पन्न

नगर उद्यान मोहनलाल सामुदायिक वनको वार्षिक साधारण सभा सम्पन्न

News Summary

Summery by BTM Ai
  • कैलालीको लम्कीचुहा नगरपालिका–२, बघनियाँस्थित नगर उद्यान मोहनलाल सामुदायिक वन उपभोक्ता समूहको ८ औँ वार्षिक साधारण सभा तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ।
  • सभामा आर्थिक वर्ष २०८२/०८३ को आय–व्यय विवरण प्रस्तुत गर्दै समूहले २८ लाख १५ हजार रुपैयाँ आम्दानी गरेको जानकारी दिइएको थियो।
  • नगर उद्यान निर्माणका लागि नगरपालिकाले बजेट विनियोजन गरिसकेको र आवश्यक संरचनाका लागि प्रदेश सरकारसँग समेत बजेट माग गरिएको उनले जानकारी दिए।
  • विशिष्ट अतिथि लम्कीचुहा–५ की वडा अध्यक्ष माया विष्टले सामुदायिक वनलाई थप प्रभावकारी बनाउन सबै उपभोक्ताको सामूहिक भूमिका आवश्यक रहेको बताइन्।

लम्की । कैलालीको लम्कीचुहा नगरपालिका–२, बघनियाँस्थित नगर उद्यान मोहनलाल सामुदायिक वन उपभोक्ता समूहको ८ औँ वार्षिक साधारण सभा तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ।

सभामा आर्थिक वर्ष २०८२/०८३ को आय–व्यय विवरण प्रस्तुत गर्दै समूहले २८ लाख १५ हजार रुपैयाँ आम्दानी गरेको जानकारी दिइएको थियो। आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि भने ७६ लाख २८ हजार रुपैयाँको अनुमानित आय–व्यय प्रस्तुत गरिएको छ।

नगर उद्यान मोहनलाल सामुदायिक वनको वार्षिक साधारण सभा सम्पन्न
नगर उद्यान मोहनलाल सामुदायिक वनको वार्षिक साधारण सभा सम्पन्न
नगर उद्यान मोहनलाल सामुदायिक वनको वार्षिक साधारण सभा सम्पन्न

उपभोक्ताहरूले अनावश्यक खर्च कटौती गर्दै सुशासन, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए। साथै लामो समयदेखि चर्चामा रहेको नगर उद्यान निर्माणको काम तत्काल अघि बढाउन माग गरेका थिए।

समूहका अध्यक्ष बखत बहादुर विष्टले संस्थालाई व्यवस्थित र पारदर्शी बनाउन नियमित रूपमा १७ वटा बैठक सम्पन्न गरिएको बताए। नगर उद्यान निर्माणका लागि नगरपालिकाले बजेट विनियोजन गरिसकेको र आवश्यक संरचनाका लागि प्रदेश सरकारसँग समेत बजेट माग गरिएको उनले जानकारी दिए।
कार्यक्रमका प्रमुख अतिथि लम्कीचुहा–२ का वडा अध्यक्ष सन्तोष कुमार ओलीले सामुदायिक वनले वन संरक्षणमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै नगर उद्यान निर्माणको काम छिट्टै अघि बढाइने बताए।

विशिष्ट अतिथि लम्कीचुहा–५ की वडा अध्यक्ष माया विष्टले सामुदायिक वनलाई थप प्रभावकारी बनाउन सबै उपभोक्ताको सामूहिक भूमिका आवश्यक रहेको बताइन्।
कार्यक्रममा करिब ३ सय उपभोक्ताको सहभागिता रहेको थियो। सभाले प्रस्तुत गरिएका प्रतिवेदनहरूलाई बहुमतका साथ पारित गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Be the first to share your thoughts!

We appreciate respectful, insightful perspectives from our readers.

Leave a Reply

Guidelines: Keep your comment respectful, relevant, and constructive. All fields marked with * are required.

छुटाउनुभयो कि ?