ताजा अपडेट

नवलसिंह रावल फाउन्डेसनले कार्तिक २० गते सोल्टामा नागरिक अभिनन्दन समारोह गर्ने

नवलसिंह रावल फाउन्डेसनले कार्तिक २० गते सोल्टामा नागरिक अभिनन्दन समारोह गर्ने
✨

News Summary

Summery by BTM Ai
  • कार्यक्रमको उद्देश्य, तयारी, सम्मानित हुने व्यक्तित्वलगायतका विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा फाउन्डेसनका अध्यक्ष तपेन्द्र रावलले कार्यक्रमबारे विस्तृत जानकारी गराउनुभएको हो।
  • फाउन्डेसनका अध्यक्ष रावलले स्थानीय समाजमा योगदान पुर्‍याएका व्यक्तित्वहरूको सम्मान, उनीहरूको योगदानको स्मरण तथा सामाजिक सद्भाव र एकतालाई प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको…
  • फाउन्डेसनले उक्त कार्यक्रममा आठ जना व्यक्तित्वलाई नागरिक अभिनन्दनद्वारा सम्मान गरिने बताएको छ ।
  • कार्तिक २० गते आयोजना हुने उक्त नागरिक अभिनन्दन समारोहमा स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सर्वसाधारणको सहभागिताका लागि फाउन्डेसनको आग्रह रहेको छ…

लम्की, कैलाली । नवलसिंह रावल फाउन्डेसनको आयोजनामा यहीँ कार्तिक २० गते कैलालीको मोहन्याल गाउँपालिका–६, सोल्टामा हार्दिक नागरिक अभिनन्दन समारोह आयोजना हुने भएको छ।समारोहमा समाजमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वहरूलाई सम्मान तथा अभिनन्दन गरिने फाउन्डेसनले जनाएको छ। कार्यक्रमको उद्देश्य, तयारी, सम्मानित हुने व्यक्तित्वलगायतका विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा फाउन्डेसनका अध्यक्ष तपेन्द्र रावलले कार्यक्रमबारे विस्तृत जानकारी गराउनुभएको हो।

फाउन्डेसनले उक्त कार्यक्रममा आठ जना व्यक्तित्वलाई नागरिक अभिनन्दनद्वारा सम्मान गरिने बताएको छ । सम्मानित हुनेहरूमा महादेव पर्वते, अम्बिका पर्वते, खडक सिंह केसी, भक्त राजी, गौरी देवी कसाई, खन्टे खत्री, दानबहादुर रावल र देविराम अधिकारी रहनुभएको छ।सम्मानित हुनेमध्ये खडक सिंह केसी र गौरी देवी कसाईलाई मरणोपरान्त सम्मान गरिने कार्यक्रम रहेको छ।
फाउन्डेसनका अध्यक्ष रावलले स्थानीय समाजमा योगदान पुर्‍याएका व्यक्तित्वहरूको सम्मान, उनीहरूको योगदानको स्मरण तथा सामाजिक सद्भाव र एकतालाई प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको बताएका छन् ।

नवलसिंह रावल फाउन्डेसनले कार्तिक २० गते सोल्टामा नागरिक अभिनन्दन समारोह गर्ने
नवलसिंह रावल फाउन्डेसनले कार्तिक २० गते सोल्टामा नागरिक अभिनन्दन समारोह गर्ने
नवलसिंह रावल फाउन्डेसनले कार्तिक २० गते सोल्टामा नागरिक अभिनन्दन समारोह गर्ने

कार्तिक २० गते आयोजना हुने उक्त नागरिक अभिनन्दन समारोहमा स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सर्वसाधारणको सहभागिताका लागि फाउन्डेसनको आग्रह रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Be the first to share your thoughts!

We appreciate respectful, insightful perspectives from our readers.

Leave a Reply

Guidelines: Keep your comment respectful, relevant, and constructive. All fields marked with * are required.

छुटाउनुभयो कि ?